Aamsanchar

सेनाको पृतनामा ‘चरम यातना’ ले सैनिक हवल्दारको मृत्यु

Author Image
आइतवार, भदौ ५, २०७३

झापा।

डोटीस्थित नेपाली सेनाको पृतना हेडक्वार्टरमा कार्यरत सैनिक हवल्दार दीपकबहादुर खड्काको मृत्यु पृतनामा दिइएको यातनाका कारण भएको मृतकका परिवारले दावी गरेका छन् । पृतनाले भने उनले आत्महत्या गरेको बताएको छ ।
पृतनामा चरम यातना दिइएपछि उनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ । गत साउन २३ गते पृतना हेडक्वार्टरमा रहेको गरुणदल गणबाट एक थान एसएमजी, त्यसमा लाग्ने दुई थान लोडेड म्याग्जीन र दुई सय राउण्ड भन्दाबढी गोली गायब भएका थिए । त्यस घटनाले सेना बृत्तमा व्यापक खैलाबैला मच्चिएको छ । त्यसै घटनापछि पृतनामा रहेका हवाई सुरक्षा व्याट्री र गरुण दलमा कार्यरत सैनिक कर्मचारीहरुमाथि अनुसन्धान भइरहेको बुझिएको छ ।
मृतकका आफन्तहरुका अनुसार मृतक खड्काको टाउकोमा बायाा कानको पछाडिबाट लागेर सिाधै दायाा कानबाट गोली निस्किएको छ । जुन गोली उनी आफैंले हानेको भनेर सेनाले प्रतिक्रिया दिादै आत्महत्या भनेको छ । यसबाहेक मृतकको पुठ्ठामा पनि निकै ठूला निलडामहरु रहेको आफन्तहरु बताउाछन् । ‘टाउकामा हानेको गोलीको निशान हेर्दा त्यो आफैंले पनि हानेको हुनसक्छ’– मृतकका दाजु राजबहादुर खड्काले भने– ‘तर, पछाडि त निकै ठूला निलडामहरु छन् । ती लठ्ठीले कैंयौपल्ट हानेका हुन्, त्यत्तिकै त्यस्तो हुादैन् ।’ उनी पनि पहिले नेपाली सेनामै कार्यरत थिए । उनका अनुसार यदि दीपकले आत्महत्या गरेकै भए पनि कडा यातना सहन नसकेर गरेको हुनसक्छ । उनका बुबा गोरखबहादुर खड्का छोराले यति सजिलै आत्महत्या गरेको कुरामा विश्वस्त छैनन् । खड्का परिवार बझाङ चैनपुरबाट बर्षौअघि कञ्चनपुर, पिपरैया–१३मा सरेको थियो । मृतक खड्काको जन्म उतै भएको हो । उनको उमेर ३५ बर्ष पुगेको उनका बुबाले बताए । उनले सेनामा जागिर शुरु गरेको १६ बर्ष ६ महिना नाघेको उनका दाइ राजबहादुरले बताए ।
सैनिक कर्मचारीहरुलाई हतियार हराएका दिनदेखि बाहिर आउन समेत दिइएको छैन् । उनीहरुका मोवाइल थुतेर राखिएको छ । कसैलाई पनि घरपरिवार र बाहिर सम्पर्क गर्न दिइएको छैन । उनीहरुलाई सोधपुछपछि चरम यातना दिने गरेको स्रोतले बताएको छ । त्यही यातना सहन गर्न नसकेर उनले आत्महत्या गरेको हुनसक्ने परिवार स्रोतको दाबी छ । पुठ्ठामा भएको निलडामका बिषयमा पृतनाकै एक आधिकारीले सोधपुछका क्रममा एकअर्कालाई हान्न लगाएको कुरा स्वीकार गरेको मृतकका दाइ राजबहादुरले बताए । यातना दिएको बिषयमा सैनिक प्रवक्ता ताराबहादुर कार्कीले अस्वीकार गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)