Aamsanchar

सेवामा महिलाको सहज पहुाच पुग्नेगरी स्थानीय तह बनाउन सुझाव

Author Image
आइतवार, भदौ ५, २०७३

sambad mahila1
बिर्तामोड ।
झापाका महिला नेतृहरुले स्थानीय तहको पुनर्संरचना गर्दा राज्यका सबै तहमा महिलाको सहज पहुाच पुग्न सक्ने र महिलालाई समान अधिकार दिनेगरी गरिनुपर्ने सुझाव दिएका छन् ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार बिर्तामोडमा भएको छलफलमा महिला नेतृहरुले विविध पक्षलाई ध्यानमा दिई विवादरहित ढंगले स्थानीय तहको पुनर्संरचनामा सरोकारवाला सबै अग्रसर हुनुपर्ने साझा धारणा समेत राखेका छन् ।
महिला नेतृहरुले स्थानीय तहको पुनर्संरचनाको विषय सर्वसाधारण जनताले बुझ्न नसकेको बताउादै यसबारे सार्वजनिक सुनुवाई तथा अन्य विविध माध्यमबाट जनताको सुझाव र सहभागितामा यो कार्य गर्नुपर्ने समेत बताए । अझै समय थप गरेर जनताको राय लिएर पुनर्संरचना गरिंदा उपयुक्त हुने उनीहरुको धारणा थियो ।
झापाको लागि तोकिएको दश वटा गाउापालिका तथा नगरपालिकाको संख्या कम भएकोले १५ देखि २० वटासम्म बनाउनुपर्ने सुझाव समेत महिला नेतृको रहेको छ ।

sambad mahila2
नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकाल, सचिव टिका मैनाली, अखिल नेपाल महिला संघकी अध्यक्ष जसमाया गजमेर, अन्तर पार्टी महिला सञ्जालकी पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रकी लक्ष्मी न्यौपाने सरु र राप्रपा नेपालकी शारदा रिजालले विभिन्न सुझावसहित धारणा राखेका छन् ।
त्यस्तै संघीय लिम्बुवान पार्टी नेपालकी पुष्पा लिम्बू, नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल, अन्तर पार्टी महिला सञ्जाल कनकाईकी अध्यक्ष सीता बस्नेत, वीरता लेडी जेसीजकी अध्यक्ष रजनी थपलिया बजगाई, कार्यकारिणी उपाध्यक्ष नैनाकला भट्टराईले समेत सुझाव र धारणा राखेका थिए ।
उनीहरुले महिलाको समान अधिकार र सहभागितामा जोड दिएका थिए । छलफलको सहजीकरण सम्वाद समूह सचिवालयका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर