Aamsanchar

लागूऔषध ओसारपसारमा संलग्न दुई युवक पक्राउ

Author Image
आइतवार, भदौ ५, २०७३

भद्रपुर ।
झापाको भद्रपुरबाट लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला जीतपुर–६ बस्ने १७ बर्षीय टेकराज लिम्बू र सुनसरी जिल्ला झुम्का सिंगीया–५ बस्ने १९ बर्षीय सुशिल चौधरी रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । भद्रपुर सीमामा चेकजााचको क्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको टोलीले ती दुई युवकलाई २ सय ग्राम ब्राउन सुगर रहेको आशंकामा पक्राउ गरी वडा प्रहरीमा बुझाएको हो ।
ब्राउन सुगर प्रमाणित गर्न आज आइतवार कााकरभिट्टाबाट लागूऔषध टोली आएर चेकजााच गर्ने र ब्राउन सुगर रहेको पुष्टि भएमा ती दुई युवकलाई जिल्ला प्रहरी कार्यालय झापामा आवश्यक कार्वाहीका लागि पठाउने वडाका प्रहरी निरीक्षक राजनकुमार न्यौपानेले बताए ।
युवकले प्रहरीलाई विहान कााकरभिट्टा नाकाबाट पानीट्यांकी बजार गएको र त्यहाा एउटा व्यक्तिले प्लाष्टिकमा बेरेको एउटा प्याकेट दिएर गलगलिया नाकाबाट जानु भनेपछि यही नाकाबाट नेपाल छिरेको बताए । युवकले प्याकेटमा लागूऔषध रहेको बारेमा आफूलाई थाहा नभएको बताए पनि कञ्चनपुरका सरोज चौधरीले २ हजार दिने शर्तमा प्याकेट लिन भारत पुगेको बयान दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर