Aamsanchar

हाटबजार प्रयोयविहीन

Author Image
आइतवार, भदौ ५, २०७३

धनकुटा ।

dhankuta-district

धनकुटाको सिंधुवामा ५२ लाख रुपैयाँको लागतमा बनाइएको व्यवस्थित हाटबजार प्रयोयविहीन बनेको छ ।

एकै स्थानबाट कृषिजन्य उत्पादन खरिद बिक्री गराउने उद्देश्यले पाँच बर्षअघि धनकुटाको परेवादिन गाविस वडा नं. ५ सिंधुवामा करिब ६ रोपनी क्षेत्रफलमा हाटबजारस्थल निर्माण गरिएको थियो ।

कर्मसियल एग्रीकल्चर एलायन्स, जिल्ला विकास समिति धनकुटा र स्थानीय समुदायको सहयोगमा निर्माण गरिएको हाटबजार एक वर्षसम्म पनि सञ्चालन नभई त्यत्तिकै थन्किएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)