Aamsanchar

स्थानीय निकायको संख्या बढाउन कांग्रेसले माग गर्ने

Author Image
आइतवार, भदौ ५, २०७३

काठमाडौ ।

काँग्रेस जिल्ला सभापतिहरुले स्थानीय निकाय पुनरसंरचना गर्नकालागि बनेको आयोगले प्रस्ताव गरेको संख्याले जनताले सुविधा नपाउने भन्दै संख्या बढाउन माग गर्ने भएका छन् ।

आजदेखि काठमाण्डौमा शुरु भएको जिल्ला सभापतिको भेलामा सभापतिहरुले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित
वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय तहको संख्या ५६५ मात्र प्रस्ताव गरेकोले उक्त संख्याले जनताले सेवा पाउन नसक्ने कुरा उठाउने भएका हुन् ।

भेलामा सहभागी काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले भने ‘यो विषयमा हामीले छ भन्ने कुरा हामीले गम्भिर रुपले उठाउँछौँ।’
स्थानीय तहको पुनरसंरचना बारे पार्टीको आधिकारीक धारणा बनाउनका लागि काँग्रेसले सभापतिहरुको भेला आयोजना गरेको हो । भोलीसम्म चल्ने भेलामा काँग्रेसले ठोस धारणा बनाउने काँग्रेस केन्द्रिय सदस्य जीवन परीयारले बताए । सभापतिहरुले भेला भएको समयमा सरकारका विषयमा पनि कुरा उठाउने बताएका छन्।
सरकारले यो बेला मन्त्रीहरु पठाउँदा संविधान कार्यान्वयन गर्न सक्ने र जनताका लागि काम गरेर उपलब्धि दिन सक्ने नेता पठाउनुपर्ने बताएका छन् ।
अहिले सभापतिहरुलाई विधानका कारण काम गर्न समस्या पनि परेको कारणले गर्दा विधान संसोधन गर्नुपर्ने प्रस्ताव पनि उठाउने गुल्मीका सभापति श्रेष्ठले बताए ।

‘अहिले हरेक निर्वाचन क्षेत्रमा जम्मा ३ जनामात्र मनोनित गर्नुपर्ने व्यवस्था भएकोले काम गर्न अप्ठ्यारो छ’ उनले भने ‘यसका लागि तत्काल विधान संसोधन गर्न महासमिति बैठक बोलाउने प्रस्ताव पनि हामी गर्छौँ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर