Aamsanchar

भरुवा बन्दुक पड्किएर मृत्यु

Author Image
आइतवार, भदौ ५, २०७३

ताप्लेजुङ,

Bharuwa-gun

ताप्लेजुङको खेजेनिममा भरुवा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खेजिनिम-४ का १८ वर्षिय हस्त बहादुर आङछम्बो लिम्बु रहेका छन्। आफ्नै घरमा रहेको बन्दुक पड्किएर लिम्बुको मृत्यु भएको हो। घटनाबारे मृतकका दाजु प्रेम प्रसाद लिम्बुले आज विहान प्रहरी चौकी सिवामा खबर गरेका हुन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र प्रहरी चौकी सिवाबाट प्रहरी टोली खटि गई घटनाबारे अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)