Aamsanchar

गोर्खाल्यान्ड आन्दोलन चर्किने संकेत

Author Image
आइतवार, भदौ ५, २०७३

दार्जिलिङ,

dar-2

छुट्टै ‘गोर्खाल्यान्ड’ राज्य माग गर्दै भारतको दार्जिलिङ पहाड र तराई क्षेत्रमा लामो समय आन्दोलन गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)ले पुनः गोर्खाल्यान्ड आन्दोलन चर्काउने चेतावनी दिएको छ।

गोजमुमो अध्यक्ष तथा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए)का कार्यकारी प्रमुख विमल गुरुङले अब हुने ‘निर्णायक’ आन्दोलनका लागि तयार रहन नेपालीभाषीलाई आग्रहसमेत गरेका छन्। दार्जिलिङमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले आफू २ महिनाभित्र जिटिए त्यागेर आन्दोलनमा ओर्लिन लागेको बताए । गोर्खाल्यान्डका लागि आन्दोलन गरेका नेपालीभाषीले जिटिएमा सहमति गर्नु नै ‘महाभूल’ भएको उनको निष्कर्ष छ ।

गुरुङले जिटिएको ‘चौतारी’मा बसेर भोलिको गोर्खाल्यान्डका लागि अवलोकन गर्न बुद्धिजीवीले सुझाएकाले मात्र त्यतिबेला जिटिएमा सहमति गर्नुपरेको पनि बताए । उनले आफू जिटिएको कार्यकारी प्रमुख भएपनि राज्य सरकारले अधिकारको बागडोर आफै नियन्त्रण गरेकाले गोर्खाल्यान्डकै लागि लड्नुपर्ने अवस्था आएको बताएको स्थानीय प्रकाशन हिमालय दर्पणले लेखेको छ ।

गोजमुमोका प्रेस कोअर्डिनेटर सुरज क्षेत्रीले मोर्चाले आन्दोलनको मिति तय गर्न बाँकी रहेपनि आन्दोलन सुरु गर्नेबारे छलफल भइरहेको बताए । प्रत्येक बोर्डलाई बर्सेनि ५ करोड रुपैयाँको कार्यक्रम दिने आश्वासन राज्य सरकारको छ ।

 

पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीले जातिपिच्छे बोर्ड गठन गरी आर्थिक प्रलोभनमा पारेर मोर्चाको मुख्य माग गोर्खाल्यान्ड ओझेलमा पार्ने षड्यन्त्र गरिरहेको आरोप गोजमुमोले लगाएको छ । मुख्यमन्त्री बेनर्जीले जातीय सद्भाव बिथोलेर मोर्चा छिन्नभिन्न बनाउन खोजेकोसमेत मोर्चाले बताइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)