Aamsanchar

स्वास्थ्य मन्त्रालयद्वारा दुई समिति गठन

Author Image
आइतवार, भदौ ५, २०७३

काठमाडौँ ।

Health_minis

स्वास्थ्य मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी खोल्न र चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउने विषयमा काम गर्न दुई समिति गठन गरेको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीको संयोजकत्वमा औषधिको आपूर्ति, माग, वितरण प्रणाली, जनशक्ति र फार्मेसी सञ्चालन तथा बजेट व्यवस्थापन सम्बन्धमा योजना तयार गर्न छ सदस्यीय समिति गठन गरी कार्य प्रारम्भ भएको उपसचिव लीलाराज पौडेलले जानकारी दिनुभयो ।

चिकित्सक नपुगेका २५ प्राथमिक स्वास्थ्य केन्द्रमा जतिसक्दो छिटो चिकित्सक खटाउन र कार्यस्थलमा चिकित्सक भएनभएको सम्बन्धमा समेत अनुगमन तथा मूल्याङ्कन गरी व्यवस्था गर्न निर्देशनसहित स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले आजैदेखि काम थालनी पनि गरिसकेको उपसचिव पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पदभार ग्रहण गरेको दिन यसै आर्थिक वर्षदेखि सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्न र तीन महिनाभित्र सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउन स्वास्थ्य सचिवलाई निर्देशन दिनुभएको थियो ।

सोही निर्देशन पालन गर्न र कामलाई छिटोछरितो बनाउन समिति गठन गरी कार्य थालनी गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर