Aamsanchar

पत्रकार ढकाल सम्मानित

Author Image
आइतवार, भदौ ५, २०७३

विराटनगर।

1854282156

‘जनार्दन मैनाली स्मृति’ पत्रकारिता पुरस्कारबाट मकालु टेलिभिजनका पत्रकार धर्मराज ढकाल सम्मानित हुनुभएको छ ।  प्रेस चौतारी मोरङ र मैनाली परिवारद्वारा २०६५ सालमा स्थापित सो पुरस्कारको राशि रु १५ हजार ५५५ रहेको छ । मोरङ जिल्लालाई कार्य क्षेत्र बनाएर कम्तिमा १० वर्ष पत्रकारिता गरेका व्यक्तिलाई सो पुरस्कार प्रदान गरिन्छ ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले सो पुरस्कार र सम्मानपत्र एक कार्यक्रमबीच ढकाललाई प्रदान गर्नुभयो ।  नेता पण्डितले स्वर्गीय मैनालीले देखाएको मार्गमा अगाडि बढ्न सके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) मोरङका अध्यक्ष महेश रेग्मीले स्वर्गीय मैनाली सधैँ सत्य, निष्ठा र इमान्दारिताको मार्गमा अगाडि बढ्ने व्यक्तित्वको रुपमा आपूmले पाएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व ढकालले स्वर्गीय मैनालीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पुरस्कारबाट प्राप्त रकम विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा हाडजोर्नीको उपचार गराइरहेका कटहरि–४ का मोहम्मद जालिल खाँलाई प्रदान गर्ने घोषणा गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)