Aamsanchar

झापामा ७८ वटा धार्मिक विद्यालय

Author Image
सोमवार, भदौ ६, २०७३

gurukul_6ZcuBmXZE4

दमक।

झापामा हालसम्म विभिन्न धार्मिक विद्यालयको सङ्ख्या ७८ वटा पुगेको छ ।

जिल्ला शिक्षा कार्यालयसँग अनुमति लिएर गत आव २०७२÷०७३ सम्म जिल्लाभरि ७८ वटा धार्मिक विद्यालयले पठनपाठनका लागि सञ्चालनमा रहेको छ । तीमध्ये केही विद्यालय भने आफैँ बन्द भएका छन् ।

कार्यालयले दिएको जानकारीअनुसार झापामा २६ वटा गुरुकुल विद्यालय, दुई वटा गुम्बा विद्यालय र ५० वटा मदरसाले सञ्चालन अनुमति लिएका विद्यालय छन् । जिल्ला शिक्षा कार्यालय झापाका शाखा अधिकृत हरि मिश्रका अनुसार अनुमति लिएका २६ गुरुकुलमा १८ वटा मात्र सञ्चालित छन् । दुई वटा गुम्बा विद्यालय केही वर्ष सञ्चालन भएर हाल निस्क्रिय अवस्थामा छन् ।

त्यसैगरी ५० वटा मदरसा भने सबै सञ्चालित छन् । सबै धार्मिक विद्यालयमा गरेर करिब पाँच हजार ३०० विद्यार्थी अध्यनरत रहेका छन् । महेशपुरको कृष्ण द्वौपायन गुरुकुल झापाको एकमात्र निमावि तहसरह सञ्चालन भएको गुरुकुल हो भने अरु सबै विद्यालय प्राथमिक तह सो सरहका मात्र भएको कार्यालयले जनाएको छ ।

प्राथमिक मदरसा तथा गुरुकुललाई जिल्ला शिक्षा कार्यलयमार्फत प्रत्येक शैक्षिक सत्रमा एकमुष्ठ रु एक लाख ६८ हजार अनुदान उपलब्ध गराइने कार्यालयले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)