Aamsanchar

पिताको जन्मोत्सवमा १० दृष्टिविहीनलाई सेतोछडी

Author Image
सोमवार, भदौ ६, २०७३

भद्रपुर ।

आफ्ना पिताको ८८ औं जन्मोत्सवको अवसरमा दश जना दृष्टिविहिनको लागी सेतो छडी वितरण गरिएको छ ।
झापाको भद्रपुर ११ का ८८ वर्षिय शिवप्रसाद पोखरेलको जन्मदिनको खुसियालीमा छोरा रमेश पोखरेलले नेपाल नेत्रज्योती संघ झापालाई सेतो छडी प्रदान गरेका हुन् । संघका झापा अध्यक्ष द्रोणचार्य निरौला मार्फत पोखरेल परिवारले छडी हस्तान्तरण गरेका थिए ।छोरा रमेश नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रिय सदस्य तथा भद्रपुर जेसीजका पूर्व अध्यक्ष हुन ।
पोखरेल परिवारले आइतवार आयोजना गरेको कार्यक्रममा छिमेकी पााच जना बृद्ध–बृद्धालाई समेत सम्मान गरेका थिए । आमा , दाई र भतिजीको क्यान्सरवाट मृत्यु भएको सम्झनामा केहि वर्ष अघि देखि लक्ष्मी देविमाया रुकमीणी स्मृति पत्रकारिता प्रोत्साहन पुरस्कारको कोष खडा गरेको रमेशले बताए । एक पत्रकार र क्यान्सर पीडित तिन जनालाई वार्षिकरुपमा प्रदान गर्दै आएको उनले बताए । अव मनाइने जन्मोत्सव उपलब्धिमुलक हुनुपर्ने सोच राखेर नयाा ढङ्गवाट शुरु गरिएको उनको भनाई छ । जन्मोत्सवममा संचारकर्मी लगाएतका विभिन्न व्यत्तिहरुको सहभागिता रहेको ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)