Aamsanchar

विवादको घेरामा ओलम्पिक सकियो, अमेरिका प्रथम

Author Image
सोमवार, भदौ ६, २०७३
Image 

ब्रजिलको रियो द जेनिरोमा १७ दिनयता जारी ओलिम्पिक्स खेलकुद एउटा भव्य समापन समारोह गर्दै सोमबार बिहान (नेपाली समयअनुसार) सकिएको छ।

आगामी ओलिम्पिक्स आयोजक शहर जापानको टोकियोलाई औपचारिक रुपमा ओलिम्पिकको झण्डा हस्तारन्तरण गर्दै र ओलिम्पिकको ज्योति निभाएर समापन समारोह सकिएको थियो।

४६ स्वर्णसहित १२१ वटा पदक हासिल गर्दै अमेरिका पदकतालिकाको शीर्षस्थानमा रह्यो।

पदक तालिकामा दोस्रो स्थानमा ब्रिटेन रहन सफल भयो।

रियो ओलिम्पिक्स सफल भएजस्तो त देखिन्छ तर विभिन्न विवादस्पद प्रकरणका कारण यसलाई सम्झिइरहनेछ।

इथियोपियाका रजतपदक विजेता म्याराथन धावकले आफ्नो सरकारविरोधी गतिविधि देखाएको घटना होस् वा कतिपय रुसी खेलाडीमाथि प्रतिबन्धित औषधी प्रकरणमा खेल्न प्रतिवन्ध लगाएको विषय, रियो ‌ओलिम्पिक्स विवादको घेरामा रह्यो।

आर्थिक अभावमा जेलिएको ब्रजिलले ओलम्पिक्समा ठूलो खर्च गरेको भन्दै घरभित्रै चर्को विरोधको सामना पनि गर्नुपर्यो।

रियो ओलिम्पिकसको पदकतालिकामा पूर्व अपेक्षा अनुसार नै अमेरिका पहिलो स्थान ओगट्न सफल भयो।

अमेरिकाले ४६ स्वर्णसिहत १२१ वटा पदक ल्यायो।

गत लण्डन ओलिम्पिक्समा चीनभन्दा पछि रहेको ब्रिटेन यसपालि उसलाई उछिन्दै दोस्रो स्थान ओगट्न सफल भयो।

ब्रिटेनले २७ स्वर्णसहित कुल ६७ पदक ल्यायो।

चीनले भने २६ स्वर्णसहित ७० पदक प्राप्त गर्यो।

१९ स्वर्णसहित रुस चौथो, १७ स्वर्णसहित जर्मनी पांचौ र १२ स्वर्णसहित जपान छैठौं स्थानमा रहे।

कुल ४२ विधामा ३०६ वटा खेल भए जसमा २०५ वटा मुलुकले सहभागिता जनाएका वीवीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर