Aamsanchar

आइएमईबाट पैसा चोरी

Author Image
सोमवार, भदौ ६, २०७३

choor

दाङ ।

दाङको तुलसीपुरस्थित एउटा आइएमईबाट रु पाँच लाख ३५ हजार नगद चोरी भएको छ ।

तुलसीपुरको केन्द्रबिन्दु मानिने बिपी चोकस्थित राप्ती मनी ट्रान्सफर्मरबाट सोमबार बिहान १ बजे उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिनुभयो ।

सिसी क्यामेराको रेकर्ड हेर्दा आज बिहान चोरले उक्त आइएमईको घर्राको ताला फोडेर नगद चोरी गरेको आइएमईकी सञ्चालक किरण पुनले जानकारी दिनुभयो ।

चोरले ताला फोडेर भित्र प्रवेश गरी जुन घर्रामा रकम राखिएको छ त्यही घर्रामात्रै फोडेर रकम चोरी गरेकाले घटना रहस्यमय भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)