Aamsanchar

झापालीलाई खतरनाक नया रोग देखा पऱ्यो,सतर्क रहनुहोला

Author Image
सोमवार, भदौ ६, २०७३

विराटनगर ।

पूर्वाञ्चलमा पहिलो पल्ट ब्रुसोसिस अर्थात् ब्रुसिला एबोरटस रोगको बिरामी फेला परेको छ ।

पाल्तु जनावरबाट सर्ने सो रोग झापाका एक व्यक्तिमा देखिएको विराटनगरस्थित लाइफ गार्ड अस्पतालले  पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बिरामीलाई कडा ज्वरो आउने, बान्ता हुने, बेहोस हुने र क्रमिक रुपमा कलेजो, मुटु बिगँ्रदै गएर मृत्यु हुने सम्भावना रहेको उपचारका संलग्न डा अस्मितानन्द ठाकुरले जानकारी गराउनुभयो । गम्भीर अवस्थामा रहेका रोगीको रगत परीक्षणबाट सो रोग पुष्टि भएको उहाँले बताउनुभयो ।
अचेतावस्थामा भर्ना भएका बिरामी एक साता भेन्टिलेटर राखेर रोगको पहिचान गरी उपचार गरेपछि यतिखेर बोल्न सक्ने, खाना खान सक्ने र सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् । गाईगोरु र खसीबाख्राको गोबर र दिसाबाट सर्ने सो रोग खासगरी दक्षिण अमेरिका र युरोपका मुलुकका देखिने गरिएको अस्पतालका अध्यक्ष डा कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१