Aamsanchar

पानी शुद्धीकरण नगर्ने मिनरल वाटर उद्योग सिलबन्दी

Author Image
सोमवार, भदौ ६, २०७३

minaral water

काठमाडौँ ।

आपूर्ति मन्त्रालयको अगुवाइमा  भएको अनुगमनका क्रममा स्थानीय जितपुर फेदीमा रहेको ‘ग्लासियर मिनरल वाटर’ उद्योगले राम्रोसँग पानी शुद्धीकरण नगरेको र आन्तरिक गुणस्तर व्यवस्थापन नगरेको भन्दै सिलबन्दी गरिएको छ ।

त्यस्तै ‘प्राकृतिक पिवर ड्रिंकिङ वाटर’ बाट उत्पादन हुँदै आएको ८६ थान जारमा सुरक्षण सिल नराखिएको र ‘आक्वा नागार्जुन फ्रेस मिनरल वाटर’ले उत्पादन गर्दै आएको १२६ जारमा सुरक्षण सिल नभएकाले जफत गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी भाडादर नटाँसी यात्रुसँग बढी भाडा असुल गरेको भन्दै २१ सार्वजनिक सवारी साधनलाई कारबाहीका लागि ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ । कलङ्कीदेखि गुर्जुधारासम्मका केही पसल दर्ता नै नगरी सञ्चालन गरेको पाइएको हुँदा तीन दिनभित्र दर्ता गरी विभागमा आउन पनि निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)