Aamsanchar

सडक मर्मतका लागि एमालेको सहयोग

Author Image
मङ्गलवार, भदौ ७, २०७३

उर्लाबारी (मोरङ)।

sadak-ko-durabasta

बाढीले क्षति पु¥याएको मोरङको अमरदह–सुनबर्षी भित्रि सडकखण्ड मर्मतका लागि नेकपा (एमाले)ले रु ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।

नेकपा (एमाले) मोरङ २ नम्बर क्षेत्रीय कमिटीले सो सडकखण्ड मर्मतका लागि रकम हस्तान्तरण गरेको हो । मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले स्थानीयवासीको उपस्थितिमा उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र भण्डारी तथा सचिव प्रेम श्रेष्ठलाई संयुक्तरुपमा सो रकम हस्तान्तरण गर्नुभयो ।

अमरदहका बाढी प्रभावित क्षेत्रलाई प्रभावकारी विकास योजनाको रुपमा स्रोत साधन ब्यवस्थापन गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर