Aamsanchar

अख्तियारलाई घूस !

Author Image
मङ्गलवार, भदौ ७, २०७३

काठमाडौं,

CIAA_Nepal-57bba56944f922.17748972

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घूस खुवाउन खोज्ने दुईजना सोमबार १० लाख रकमसहित पक्राउ परेका छन् ।

आयोगमा परेको एक उजुरीबाट उन्मुक्ति दिन अनुसन्धान अधिकृतलाई घूस खुवाउन खोज्ने जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालय, व्यवस्थापन समिति अध्यक्ष छिरिङ वांगेल शेर्पा र अखिल नेपाल हिमाली बौद्ध संघका अध्यक्ष सोनाम छिरिङ शेर्पा पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा संलग्न पूर्वराज्यमन्त्री नरबहादुर बुढाथोकी फरार रहेकाले खोजी कार्य भइरहेको अख्तियारले जनाएको छ । डोल्पाका बुढाथोकी पञ्चायतकालमा आपूर्ति राज्यमन्त्री थिए ।

अनुसन्धान कमजोर बनाई मुद्दा नचलाउन दबाब दिने मनसायले घूस रकम दिन खोजेको भन्दै अख्तियारका अनुसन्धान अधिकृतबाटै ती व्यक्तिउपर कारबाही गर्न आयोगमा निवेदन परेको थियो । अख्तियार टोलीले उनीहरूलाई दरबारमार्गस्थित रेड कार्पेट रेस्टुरेन्टबाट रकमसहित समातेको हो ।

सरकारी अनुदान रकम र दाताले दिएको रकमसमेत हिनामिना गरेका कारण स्कुल बन्द भएकाले छानबिन हुनुपर्ने मागसहित अख्तियारमा उजुरी थियो ।

उजुरीमा विस्तृत अनुसन्धान कार्य भइरहेको अवस्थामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वांगेल शेर्पालगायतका आरोपित व्यक्तिहरूले अनुसन्धान अधिकृत एवं राष्ट्रसेवकलाई पटकपटक सम्पर्क गरी रकमका लागि दबाब दिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१