Aamsanchar

भारतलाई उछिन्दै पाकिस्तान शीर्ष स्थानमा

Author Image
मङ्गलवार, भदौ ७, २०७३

एजेन्सी,
249951

भारतलाई उछिन्दै छिमेकी राष्ट्र पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ। पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको र्‍याङकिङ सुरू गरेको थियो।

सुरक्षाका कारण गत ६ वर्षदेखि घरेलु मैदानमा टेस्ट क्रिकेट नखेलेको पाकिस्तानले गएको साता इंग्ल्याण्डसँगको टेस्ट श्रृँखलामा २–२ को बराबरी रोकेको थियो। सोही प्रतियोगितामा अस्ट्रेलिया श्रीलंकासँग ३–० ले हारेपछि दोस्रो स्थानमा उक्लिएको थियो।

भारत वेष्ट इन्डिजसँगको चार टेस्टको श्रृँखलमा २–० ले अघि रहेपछि गएको हप्ता शीर्ष स्थानमा पुगेको थियो। शीर्ष स्थानमा कायम रहन भारतलाई ट्रिनिडाडमा हुने अन्तिम टेस्ट जित्नु पर्ने थियो । तर खराब मौसमका कारण खेल रद्द भयो र पाकिस्तान शीर्ष स्थानमा उक्लियो।

पाकिस्तान एक सय ११ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको भारतको एक सय १० अंक छ। समान एक सय ८ अंक रहेका अस्ट्रेलिया तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन्। ९९ अंकसहित न्युजिल्याण्ड पाँचौ स्थानमा यस्तै श्रीलंका छैठौ, दक्षिण अफ्रिका सातौ, वेष्ट इन्डिज आठौं, बंगलादेश नवौं र जिम्बाबे दशौ स्थानमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर