Aamsanchar

ड्टपेनको निहुँमा दुई सन्तानको हत्या !

Author Image
मङ्गलवार, भदौ ७, २०७३

बाशुदेब भट्ट, कञ्चनपुर।

बाबुको-हत्या

स्कुले छोराछोरीलाई डटपेन किन्ने विषयमा भएको समान्य विवादमा कञ्चनपुरकी एक महिलाले आफ्नै कोखबाट जन्माएका दुई नाबालक सन्तानको विष सेवन गराएर हत्या मात्र गरिनन आफूले पनि आत्महत्या गरिन ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर–१४ भूडाकी बसन्ती चौधरीले एक छोरा र एक छोरीलाई विष सेवन गराएकी हुन् । बसन्तीले छोराछोरीको हत्या गरी आफूले पनि आत्महत्या गरेकी छिन् ।
आइतबार बिहान स्कुल पु¥याउने भन्दै आमा वसन्तीले दुबै बच्चालाई उखुबारीमा लगेर विष खुवाएको इलाका प्रहरी कार्यालय बेल्डाडीका इन्चार्ज प्रहरी निरिक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार छोराको घटनास्थलमै मृत्यु भएको थियो भने छोरीको कलकत्ता स्थित स्वास्थ्यचौकीमा उपचारका क्र्ममा मृत्यु भएको छ ।
छोराछोरीका लागि डटपेन किन्ने विषयमा श्रीमानसँग सामान्य विवाद भएपछि वसन्ती चौधरीले विष खुवाएर छोराछोरीको हत्या गरी आत्महत्या गरेकी हुन् । विष सेवन गरेकी बसन्तीको गयराती सेती अञ्चल अस्पतालमा उपचारका क्र्ममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१