Aamsanchar

नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै

Author Image
मङ्गलवार, भदौ ७, २०७३

भोजपुर।

06122015083040nanglo

भोजपुरको होम्ताङ गाविसमा व्यावसायिक रुपमा रहेको नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ ।

बाँसको चोयाबाट बुनिने नाङ्लाको उचित बजारको अभाव तथा बढ्दो बेरोजगारी समस्याका कारण युवाहरु वैदेशिक रोजगारीमा जाँदा नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको हो । नाङ्ला बुन्ने पेसालाई प्रवद्र्धन गरी व्यावसायिक बनाउन सम्बन्धित निकायको ध्यान जान नसक्दा पेसा सङ्कटमा पर्दै गएको स्थानीय चन्द्रध्वज राईको भनाई छ ।

होम्ताङको व्यावसायिक पहिचानको रुपमा रहेको नाङ्ला बुन्ने पेसालाई जोगाउन सके व्यावसायिकरुपमा नाङला उत्पादन गरी स्वदेश तथा विदेशमा निर्यात गरी आर्थिकरुपमा मजबुत हुनेमा स्थानीय आसावादी रहेका छन् ।

होम्ताङमा उत्पादित नाङ्ला स्थानीय घोडेटार बजार, भोजपुर बजार, धनकुटा र धरानलगायतका विभिन्न ठाउँमा पुग्ने भएपनि उत्पादनको कमीले बजारमा नाङ्ला अभाव हुनसक्ने सरोकारवालाको आँकलन छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)