Aamsanchar

भारतसँगको सम्बन्ध सुध्रियो

Author Image
मङ्गलवार, भदौ ७, २०७३

काठमाडौँः

download (1)

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमणले भारतसँगको सम्बन्ध सुध्रिएको दाबी गरेका छन् ।

पाँच दिन लामो भारत भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका निधिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भारतसँगको सम्बन्ध सुध्रिएको दाबी गरेका हुन् ।  निधिले भ्रमणप्रति आफू सन्तुष्ट रहेकोसमेत बताए । ‘मेरो भारत भ्रमण सफल भयो, भ्रमणप्रति म सन्तुष्ट छु,’ निधिले भने ।

भारत भ्रमणका क्रममा भएका भेटवार्तामा आफूले नेपालका राजनीतिक प्राथमिकताबारे जानकारी गराएको निधिले बताए । निधिले भारतीय नेतृत्वसँग नेपाल सरकारको प्राथमिकतामा स्थानीय, प्रादेशीक र केन्द्रीय निर्वाचन रहेको प्रष्ट पारेको जानकारी दिए ।

आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण निश्चित भएको निधिले जानकारी दिए ।

भारतीय सत्तापक्ष र विपक्षी नेतासँगको कुराकानीमा नेपाल सरकारले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेको कुरासमेत प्रष्टसँग राखेको निधिले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर