Aamsanchar

सम्पर्कविहीन गाविस सचिवको खोजतलास सुरु

Author Image
मङ्गलवार, भदौ ७, २०७३

फिदिम ।sarkari-karmachari1-400x250

पाँचथरको हाङगुम गाविसका सचिव केशवप्रसाद निरौला एक महिनादेखि सम्पर्कविहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

काम लिएर फिदिमसम्म आए पनि सचिव नभेट्दा सर्वसाधारण काम नगरी रित्तो हात्त घर फर्कन बाध्य भएको स्थानीयको गुनासो छ ।

सचिव निरौला सम्पर्कविहीन भएको झन्डै एक महिना बित्दासमेत अहिलेसम्म सम्पर्कमा नआएको र परिवारलाई समेत जानकारी नभएको कार्यालयकै कर्मचारीहरु बताउँछन् ।

सचिव एकाएक सम्पर्कविहीन भएपछि खोजतलास थालिएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

 

Views: 144

प्रतिक्रिया (०)