Aamsanchar

निर्वाचनमा धाँधली भएको भन्ने कुरा पुष्टी गर्न, चुनौति दिए बर्तमान अध्यक्षले

Author Image
मङ्गलवार, भदौ ७, २०७३

_MG_1391

कनकाई उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष युवराज संग्रौला, प्रेस विज्ञप्ती बाचन गर्दै । 

सुरुङ्गा, भदौ ७। कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा भएको संघले जनाएको छ । संघले मंगलवार आफ्नै सभाकक्षमा पत्रकार भेटघाटको आयोजना गरी वर्तमान कार्य समितिले विधान तथा संघको निर्णय विपरीत कुनै पनि क्रियाकलाप नगरेको स्पष्ट पारेको छ । गत साउन १४ गते सम्पन्न निर्वाचनमा उपविजेता लीलाप्रसाद चिमरिया लगायत उनको प्यानलले निर्वाचनमा फर्जी मतदाताले मतदान गरेको दावीसहित निर्वाचन बदर गरी पुनः निर्वाचनको माग गर्दै जिल्ला प्रशासनमा उजुरी गरेका थिए । चिमरियाको प्यानलले दुई दिनअघि सुरुङ्गामै पत्रकार सम्मेलन नै गरेर सो कुरा सार्वजनिक गरेका थिए । मंगलवार कनकाई उद्योग वाणिज्य संघको बर्तमान कार्य समिति, नवनिर्वाचित कार्य समिति, व्यवसायी तथा राजनीतिक दलका नेताहरु उपस्थित पत्रकार सम्मेलनमा संस्थालाई बदनाम गर्ने नियतले त्यस्ता कुरा बाहिर आएको जानकारी गराइयो ।

व्यवसायीको एकतामा खलल पु¥याउन, कार्यसमितिका सदस्यलाई लाञ्छना लगाई मनोबल गिराउन, करदाता व्यवसायीको अपहेलता गर्ने उद्देश्यले त्यस्तो कार्य भएको भन्दै संघका अध्यक्ष युवराज संग्रौलाले आपत्ति प्रकट गरे । उनले लोकतन्त्रको विश्वव्यापी मान्यता अनुसार निर्वाचन परिणाम सहज स्वीकार गर्न आग्रह समेत गरे । निर्वाचन परिणाम स्वीकार गरी सार्वजनिक रुपमा मतदाताप्रति कृतज्ञता समेत ज्ञापन समेत गरिसकेको अवस्थामा संघको गरिमामा आँच पुग्ने गरी भइरहेको कार्यले कसैको भलो नगर्ने र असोभनीय कार्य भएको भन्दै व्यवसायीको मान मर्दन गर्न आग्रह गरिएको छ । विधान र संघको साधारणसभाको म्यान्डेट अनुसार निर्वाचन गराइएको अध्यक्ष संग्रौलाल प्रष्ट पारे । ‘निर्वाचन विधि सम्वत, निष्पक्ष र शान्तिपूर्ण र धाँधलीरहीत छ’– अध्यक्ष संग्रौलाले भने– ‘यस्ता कुराले संघको दैनिक काम कार्वाहीमा कुनै असर पर्दैन पूर्व निर्धारित कार्यक्रमहरु तोकिएकै समयमा हुनेछन् ।’ अध्यक्ष संग्रौलाले विभिन्न उद्देश्यले गरिएका उजुरी र प्रचारवाजीप्रति व्यवसायीलाई यथार्थ बुझ्न आग्रह गर्दै निर्वाचनमा धाँधली भएको भन्ने कुरा पुष्ट गर्न चुनौति समेत दिए ।

_MG_1403

पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मी र व्यपारीहरु 

मतदाताहरु सबै संघमा नवीकरण गरेर करकार्यालयबाट स्थायी लेखानम्बर लिएका व्यवसायीहरु भएको जनाउँदै संघले यदि कसैले नवीकरण नगरेको र स्थायी लेखा नम्बरको व्यवसायीले मतदान गरेको प्रमाणपत्र पेश गर्न उजुरीकर्तालाई आग्रह समेत गरिएको छ । विना प्रमाण हचुवाको भरमा व्यवसायी र संघको मानमर्दन नगर्न पनि सो अवसरमा आग्रह गरियो । कनकाई उद्योग बाणिज्य संघको विधान २०७१को दफा ५०को (ख)मा मतदाता सम्बन्धी व्यवस्थामा आ–आफ्नो नाममा अध्यावधिक गरेको स्थायी लेखा नम्बर हुनुपर्ने छ भनी व्यवस्थाले मिसम्याच तथा अन्य कारणबाट कर बुझाउन नसकेका तर, व्यवसाय र कारोबार गरिरहेका धेरै व्यवसायीहरु मतदान प्रक्रियाबाट बञ्चित हुनेदेखि असार ३ गतेको साधारणसभाले आफ्नो नाममा स्थायी लेखा नम्बर लिई संघमा दर्ता रही नवीकरण गरेका सबै फर्म तथा व्यवसायीलाई मतदान प्रक्रियामा समावेश गर्ने निर्णय गरिएको पत्रकार भेटघाटमा जानकारी गराइयो । महासचिव सोमनाथ उप्रेतीले सञ्चालन गरेको पत्रकार भेटघाटमा नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेल, व्यवसायी अनुप ओली लगायतले धारणा राखेका थिए । सो अवसरमा एमालेका हिरा थापा, गोविन्द पौडेल, राप्रपा नेपालक खेमनाथ कार्की, कांग्रेसका क्षेत्रीय सचिव शिव कँडेल, नेकपा एमालेका भीष्म मैनाली लगायतका नेता कार्यकर्ता समेत उपस्थित थिए ।
कनकाई उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेलले बाहिर प्रचार गरिएझैं फर्जी मतदाताको मतबाट निर्वाचित भएको प्रमाणसहित कसैले पुष्टि गर्छ भने आफू सो पदमा एक मिनेट पनि नबस्ने बताए ।
प्रजातान्त्रिक अभ्यास र विधिको शासनमा आफूलाई विश्वास रहेको बताउँदै उनले आग्रह गरे– ‘प्रजातान्त्रिक अभ्यासलाई स्वीकार गर्नुपर्छ, बाटो विराउनु भएको छ भने पनि आउनुहोस्–काँधमा काँध मिलाएर कनकाई नगरलाई उत्कृष्ट र समृद्धि बनाऔं ।’ पोखरेलले संघ र व्यवसायी विरुद्ध भइरहेको गतिविधिको भत्र्सना समेत गरे ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१