Aamsanchar

मोटरसाइकलबाट झरेकी एमाले नेतृ गजुरेलको निधन

Author Image
बुधवार, भदौ ८, २०७३

khagamaya gajurel

भद्रपुर ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एमाले नेतृ खगमाया गजुरेलको निधन भएको छ  । यसैबीच मंगलवार नेकपा एमाले झापाले शोक विज्ञप्ति जारी गरी गजुरेलप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।
पार्टी अध्यक्ष चिन्तन पाठक र सचिव मदनप्रसाद अधिकारीले विज्ञप्ति जारी गर्दै नेतृ गजुरेलको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको जनाउादै श्रद्धाञ्जलि अर्पण गरेको हो । अध्यक्ष पाठक र सचिव अधिकारीद्वारा जारी विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति पनि गहिरो समवेदना प्रकट गरिएकको छ ।
नेकपा एमाले पार्टीका सचिवालय सदस्य शिव ढुङ्गेलले चलाएको मे७प ४५७२ नम्वरको मोटरसाइकलमा सवार उनी भदौ १ गते इलामबाट आउादै गर्दा दुर्घटनामा परेकी थिइन् । उनको उपचारको क्रममा ६ गते निधन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर