Aamsanchar

तामाको अचार खादा दिदीभाइको मृत्यु

Author Image
बुधवार, भदौ ८, २०७३

tamako acharपाचथर ।
बासको तामाबाट बनाएको अचार खादा पाचथरको नागिन–३स्थित मालबासें भन्ने स्थानमा मंगलवार एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नागिन–३ बस्ने दुर्गा राईका ८ वर्षीया छोरी सरिता र ७ वर्षीय छोरा सन्तोष राई रहेका छन् । घरमा बनाइराखेको भालुबास जातको तामाको अचार खादा उनीहरु बिरामी भएका थिए ।
उक्त अचार खाएको केही समयमै दुवै बालबालिका बिरामी भएपछि नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो । तर स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पााचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । अहिले शव परीक्षणका लागि जिल्ला अस्पताल पााचथर ल्याइादै गरेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)