एजेन्सी । 

भारतको अमृतसरका एक व्यक्तिको पेटबाट ४० वटा चक्कु निकालिएको छ । ४२ वर्षका व्यक्तिको पेटबाट चिकित्सकले शल्यक्रिया गरी ४० वटा चक्कु निकालेका हुन् । ति व्यक्तिले तीन महिना भित्र चक्कु निलेका थिए ।

गएको हप्ता पेट दुखेपछि ति व्यक्ति अस्पताल आएको डा। जतिन्दर मलहोत्राले बताउनुभयो । तर ति व्यक्तिले चिकित्सकलाई आफूले चक्कु खाने गरेको बताएका थिएनन् । उपचारको क्रममा गरिएको परीक्षणमा उनको पेटमा चक्कु देखिएको डा। मल्होत्राले बताउनुभयो ।

अहिले उनको उपचार भइरहेको र खतरा मुक्त रहेको चिकित्सकले बताएका छन् । पाँच जना डाक्टरले पाँच घण्टा लगाएर शल्यक्रिया गरेर उनको पेटबाट चक्कु निकालेका हुन् ।


ति व्यक्तिले किन चक्कु खाएका थिए भन्ने पत्तालगाउने प्रयास भइरहेको चिकित्सकले बताएका छन् । उनको परिवारलाई पनि उनले चक्कु खाने गरेको थाहा थिएन ।
Views: 185

