Aamsanchar

महिना दिनमै मुद्दा फैसला

Author Image
बुधवार, भदौ ८, २०७३

ताप्लेजुुङ ।

download (2)

जिल्ला अदालत ताप्लेजुङले अदालतमा मुद्दा दर्ता भएको महिना दिन भित्रै फैसला गरेको छ । जिल्ला न्यायाधीस अशोकुमार बस्नेतले गत साउन ७ गते अदालतमा दर्ता भएको जबरजस्ती सम्बन्धी मुद्दाको फैसला गर्नुभएको हो ।
ताप्लेजुङ नगरपालिका–८ बस्ने गणेश लिम्बूलाई छ वर्ष कैद सजाय तथा पीडितलाई ५० हजार रुपियाँ जरिवाना तिराउने गरी जिल्ला न्यायाधीस बस्नेतको इजलासले सोमबार उक्त फैसला गरेको अदालतका श्रेष्तेदार गोपाल थापाले जानकारी दिनुभयो । श्रेष्तेदार थापाका अनुसार एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालतमा मुद्दा दर्ता हुनुभन्दा एक महिना अघि अर्थात असार ८ गते लिम्बूले ती बालिकालाई मकवानपुरको हेटौंडामा आफ्नो दिदी कहाँ पु¥याएर काममा लगाई दिने भन्दै घरबाट लिएर हिँडेका थिए ।

बालिकालाई रातको समयमा घरबाट लिएर गई नजिकैको गोठमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा लिम्बूलाई अदालतले दोषी ठह¥याएको हो । यता जबरजस्ती करणी मुद्दाउपर यति चाँडै फैसला गरिएको यो पहिलो हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर