Aamsanchar

मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न एमालेको माग

Author Image
बुधवार, भदौ ८, २०७३

काठमाडौं ।download

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।

साथै उसले संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर, विदेशी भूमिमा छलफल गरेको भन्दै आपत्ति जनाएको छ ।

एमालेले भारततर्फ संकेत गर्दै कुनै देशको अतिरिक्त चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताएको छ । सरकारले पूर्णता नपाउँदै र परराष्ट्र मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै छिमेकी देशमा विशेष दूत पठाउनु गलत भएको उसले बताएको छ । संविधान संशोधनलगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा रहेको भन्दै एमालेेले यसले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्‍याएको ठहर गरेको छ ।

सरकारले आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण काम गरेको भन्दै एमालेले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर