Aamsanchar

पत्रकार पोखरेलको होटलमा खुलेआम यौन धन्दा,प्रहरीको मिलेमतो

Author Image
बिहिवार, भदौ ९, २०७३
फोटो इन्टरनेटबाट

फोटो इन्टरनेटबाट

बिर्तामोड ।

झापा बिर्तामोडमा गणेश पोखरेलद्वारा सञ्चालित होटलमा खुलेआम वेश्यावृत्ति हुादै आएको पाइएको छ ।
पोखरेलले सञ्चालन गरेको मेचीकाली होटलमा यौनकर्मी युवती राखेर यौनधन्दा सञ्चालन गरेको पाइएको हो । होटल सञ्चालक पोखरेल पेशाले पत्रकार हुन् । पोखरेल पत्रकार भएकै कारण प्रशासन समेत होटलमा यौनजन्य गतिविधि हुादा मुकदर्शक बनेको छ । मेचीकाली होटलमा विगत ८ वर्षदेखि प्रशासनको ‘सेटिङ’मा पोखरेलले यौनजन्य गतिविधि गराउादै आएका छन् ।
आन्तरिक राजश्व कार्यालय मेचीमा २०६५ साल कात्तिक ६ गते होटल दर्ता गरी उनले त्यस्तो धन्दा चलाउादै आएका हुन् । यौनकर्मी महिलाको व्यवस्थापन र ग्राहकसागको ‘डिलिङ’को काम भने उनकी दिदीले गर्दै आएकी छिन् । यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको कम्पाउण्डसागै जोडिएको मेचीकाली होटल अहिले बिर्तामोड–६ स्थित शनिश्चरे रोडवाट कृष्ण हल जाने भित्री बाटोमा सञ्चालनमा रहेको छ । शुरुमा ६ जना युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएका पोखरेलको होटल सरेपछि पनि सोही धन्धा चलाउादै आएको पाइएको छ ।
होटलमा यौन प्यास मेटाउन आउने ग्राहकसाग एकपटक यौनसम्पर्कको एक हजार रुपैयाा र एक रातको ४ हजार रुपैयाा लिने गरेको एक ग्राहकले नाम नबताउने शर्तमा पूर्वाञ्चललाई बताए । उनले भने– ‘कहिलेकाहिा त्यो होटलमा जाादा होटलमा बस्ने दिदीले भन्नुहुन्छ यहाा रात बिताउादा परिवार सम्झेर बसे हुन्छ तपाई ढुक्क हुनुहोस् प्रहरीले छापा हान्दैन ।’ यसबाट पोखरेलले आफू पत्रकार भएकै कारण प्रशासनलाई दवावमा राखेको पुष्टि हुन्छ ।
पोखरेलको होटलमा कोही नयाा व्यक्ति पुगेर त्यहाा भएका युवतीको विषयमा बुझ्न खोजे होस्टलबाट खाना खान आएको भन्दै टार्ने गरेका छन् । पोखरेलले होटलका साथै आफ्नै नाममा मनसा गल्र्स होस्टल समेत सञ्चालन गर्दै आएका छन् । बिर्तामोडमा सञ्चालित यस्ता होटलबाट सयौंपटक यौनजन्य गतिविधिमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको भए पनि मेची–काली होटलमा भने २०६६ सालमा एकपटक मात्र प्रहरीले छापा मारेको थियो ।
त्यत्तिबेला प्रहरीले दुई युवती र एक युवकलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो । तर, पोखरेलले प्रहरीलाई दवाव दिएर पक्राउ परे लगत्तै उनीहरुलाई छुटाएको झापाका एक प्रहरीले बताए । उनले भने– ‘भीम ओली सई भएका वेला ओली र आफूले यौनजन्य गतिविधिमा संलग्न भएकै वखत उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको भए पनि पोखरेलको दवाबका कारण मुद्दा चलाउन सकिएन ।’ उनले थपे– ‘एक जना पत्रकार नै आएर उनीहरुलाई बुझेर लगेका थिए ।’
त्यस यता पछिल्लो सातवर्षमा मेचीकाली होटलमा प्रहरीले एकपटक पनि छापा मार्न सकेको छैन । यद्यपि बिर्तामोडका अन्य होटलहरुमा दिनैपिच्छे प्रहरीले छापा मार्दै आएको छ । पोखरेलले सञ्चालन गरेको मेचीकाली होटलमा रहेका यौनकर्मी युवतीले आफूहरुलाई होटल सञ्चालकले आर्थिक शोषण गर्ने गरेको समेत बताएका छन् । प्रतिपटक यौनसम्पर्क गर्दा एक हजार रुपैयाा ग्राहकसाग लिने गरेको र रात बिताउादा ४ हजार रुपैयाा उनीहरुबाट लिए पनि आफूहरुलाई केही रकम मात्र दिने गरेको एक युवतीले बताइन् । मेचीकाली होटल र मनषा गल्र्स होस्टल सञ्चालक गणेश पोखरेलले आन्तरिक राजश्व कार्यालय भद्रपुरबाट दुबै फर्मको नाममा लिएको पान नं. ३०३०८१५९७ रहेको छ । सोही फर्म देखाएर पोखरेल बिर्तामोड उद्योग वाणिज्य संघको सदस्य समेत बनेका छन् ।
ग्राहकसँग यसरी हुन्छ मोलमोलाई
मेचीकाली होटलमा कोही ग्राहक पुगे काउन्टरमा रहेकी पोखरेलकी दिदीले उनीहरुलाई सोझै भित्र बस्न आग्रह गर्ने गरेकी छिन् ।
केही दिन अघि उक्त होटल पुगेका एक जना ग्राहकले होटलमा रहेकी पोखरेलकी दिदीले गरेको कुराकानी स्मरण गर्दै भने– कहााबाट आउनुभएको हो भित्रै बसौं न । त्यसपछि ग्राहकले एक बोतल वियर र चिकेन रोष्ट मागे । वियर गिलासमा सार्न नभ्याउादै दिदीले सोधिन्– अरु पनि केही चाहिन्छ कि ?
दिदी यहाा बस्ने पनि व्यवस्था छ ? होटल पुगेका दुई ग्राहकले सोधे । आ, छ त दिदीको उत्तर । अनि सुरक्षित हुन्छ त– उनीहरुले थप प्रश्न गरे । दिदीले भनिन्– यहाा त पारिवारिक वातावरण छ । आफ्नै घरमा बसे जस्तै सम्झिए हुन्छ ।
त्यसपछि दिदीले उनीहरुलाई युवती देखाउादै भनिन्– जम्मा तीन जना छन् त्यसमध्ये एक जना चाहिा बुकिङ भएर अघि ग्राहकले पैसा छाडेर गएका छन् । बााकी दुई जनासाग बस्ने हो भने ४/४ हजारको दरले आठ हजार तिर्नुहोस् ।
उनीहरुले युवतीलाई बाहिर लान प्रस्ताव गरे पनि दिदीले– आठ हजार तिर्नुहोस्, यहीं बस्नुहोस् तर २० हजार दिए पनि बाहिर लान चाहिा नमिल्ने बताएको उनले जनाए ।
यता खुलेआम हुादै आएको यौनधन्दाका विषयमा जिज्ञासा राख्दा पोखरेलका भिनाजुले होटल गणेश पोखरेलकै नाममा दर्ता रहेको बताए । ग्राहकसाग डिलिङ गरेको भिडियो रेकर्ड र प्रहरीसागको कुराकानीको अडियो रेकर्ड पूर्वाञ्चल दैनिकमा सुरक्षित छ ।पूर्वाञ्चल दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर