Aamsanchar

वि एण्ड सी हस्पीटलमा आक्रमण प्रयास भएको भन्दै प्रशासनको ध्यानाकर्षण

Author Image
बिहिवार, भदौ ९, २०७३

bnc final
बिर्तामोड ।
बिर्तामोडस्थित वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल एण्ड रिसर्च सेन्टर प्रा.ली.ले हस्पिटलमाथि विभिन्न व्यक्तिहरुबाट आक्रमण प्रयास भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।
हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बुधबार विज्ञप्ति जारी गरी प्रशासनको ध्यानाकर्षण, त्यस्ता व्यक्ति उपर निगरानी,छानबिन र कार्वाहीको माग गरेका छन् ।
तत्कालिन अनारमनी ८ विर्तामोड घर भई हाल स्थायी रुपमा अष्ट्रेलियामा नै बसोबास गर्दै आएका कृष्णकुमार गिरीको योजनामा विभिन्न अपरिचित तथा संकास्पद व्यक्तीहरु वी एण्ड सी अस्पताल भित्र अनावश्यकरुपमा पठाउने, हो हल्ला गर्ने गराउने, अस्पताल तोडफोड गर्ने गराउने, यसका संचालकहरु उपर सांघातिक आक्रमण गर्ने गराउने षडयन्त्र भइरहेको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा विभिन्न आरोपमा तत्कालिन माओवादी पार्टीको भातृ संगठन वाइसिएलको आक्रमणमा परेर सोही कारण देखाई कागजात तयार गरि गराई स्थायी रुपमा अष्ट्रेलियामा नै बसोबास गर्दै आएका कृष्णकुमार गिरी, निरोज गिरी, नविन गिरी लगायतका व्यक्तीहरु केहि दिन देखि झापामा आएको जनाइएको छ ।
वी एण्ड सीका साविकका संचालक रामबाबु गिरी र कृष्णकुमारको परिवारवीच विगतमा अंश विवाद भएता पनि हाल उनीहरुसंग यस प्रा.ली. तथा यसका संचालकहरुको कुनै केही सम्बन्ध तथा सरोकार नरहेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुसहित विभिन्न पक्षबाट वी एण्ड सी र त्यसका संचालकहरुका बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय, प्रहरी प्रशासन, कर्जा प्रदान गर्ने बैंकहरु लगायत विभिन्न निकायहरुमा झुठा उजुरी, निवेदन हाली अनावश्यक दु:ख तथा विभिन्न किशिमका धाकधम्की दिदै आएकोले आफूहरु पीडित भएको जनाइएको छ ।
विभिन्न व्यक्तीहरु परिचालन गराई वी एण्ड सी अस्पतालको भौतिक संरचना तथा चलअचल सम्पत्तीमा क्षति पुऱ्याउने, अस्पताल संचालनमा बाधा व्यवधान सृजना गराउने तथा हस्पिटलका संचालकहरु उपर आक्रमण गराउने भनि प्रचार गरेको जानकारी प्राप्त भएको भन्दै तत्काल निजहरुको गतिविधिहरु उपर निगरानी गर्न, छानबिन गर्न वी एण्ड सी अस्पतालले प्रहरी प्रशासन समक्ष अनुरोध गरेको छ ।
उक्त विषयमा सम्वन्धित राजदुतावास लगायत सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराउदै विज्ञप्तिमा भनिएको छ –‘यस प्रा.ली.द्धारा संचालित अस्पतालको भौतिक संरचना तथा चलअचल सम्पत्तीमा क्षति गर्ने पुऱ्याउने तथा यसका संचालकहरु उपर आक्रमण गर्ने गराउने कुनै कार्य भएमा निजहरुलाई पक्राउ गरि कडा कारवाही गर्न तथा अस्पताललाई हुन जाने क्षति समेत निजहरुबाट भराउन अनुरोध गर्दछौ ।’
मेची अंचलका सर्वसाधारण नागरिकहरुलाई सहज र सुलभ रुपमा विशेषज्ञीय स्वास्थ्य सेवा उपलब्ध गराउने , चिकित्सा शास्त्र अध्ययन गर्न ईच्छुक खासगरि नेपाली विधार्थीहरुलाई आफ्नै देशमा अध्ययन गर्नका लागि थप अवसर सृजना गर्ने र सरकारले घोषणा गरेका शिक्षा , स्वास्थ्य र रोजगारसाग सम्बन्धित नितिगत प्रतिवद्धताहरुको व्यवहारिक कार्यान्वयनमा सहयोग पुऱ्याउने उदेश्यले वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल एण्ड रिसर्च सेन्टर प्रा.ली. नामक कम्पनी दर्ता गरि झापाको विर्तामोड नगरपालिकामा सञ्चालनमा ल्याइएको प्रष्ट पारिएको छ ।
०७१ फागुन १८ गतेबाट अस्पताल विधिवत रुपमा संचालनमा प्रारम्भ गरेको जनाइएको छ । ‘मेचि अचंलमा एउटासम्म पनि मेडिकल कलेज नभएकोमा यस प्रा.ली.ले नेपाल सरकार शिक्षा मन्त्रालयबाट ०६८माघ २४ गते मा मनसायपत्र समेत प्राप्त गरिसकिएको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ–‘ नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको स्वास्थ्य संस्था स्थापना,संचालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशिका ,२०७० बमोजिम ३०० शैयाको अस्पताल संचालनको सहमती समेत प्राप्त गरिसकिएको र निकट भविष्य देखि नै एम.बि.बि.एस. कार्यक्रम संचालन आरम्भ गरिने जानकारी गराउादछौ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)