Aamsanchar

बर्दियामा सेना र सिकारीबीच गोली हानाहान

Author Image
बिहिवार, भदौ ९, २०७३

बर्दिया ।

Thumbnails1_maobadi

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ गस्तीमा हिँडेका सुरक्षाकर्मी र शिकारीबीच गोली हानाहान भएको छ ।

निकुञ्जको भास तालदेखि पूर्वमा पर्ने घट्टेकुला नजिक सुरक्षाकर्मी र शिकारीबीच बुधबार साँझ गोली हानाहान भएको हो । निकुञ्ज सुरक्षार्थ सेनाको टोली खटिदै आएको छ ।

बाँसगढी नगरपालिकादेखि उत्तरमा पर्ने चुरे पहाड हुँदै बबई उपत्यकातर्फ गस्तीमा हिँडेका सुरक्षाकर्मीको टोलीमाथी शिकारीले ३ राउण्ड गोली चलाएपछि जवाफमा सुरक्षाकर्मीको टोलीले गोली चलाएको हो ।

दोहोरो गोली हानाहान भएलगत्तै शिकारी भागेको सुरक्षाकर्मीले जनाएका छन् । घटनास्थलबाट ५० किलो चित्तलको सुकुटी, १ थान भरुवा बन्दुक, शिकारमा प्रयोग गरिने बन्दोवस्तीका सामाग्री बरामद गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर