Aamsanchar

‘हेवा ए’ जलविद्युत् निर्माण कार्य अन्तिम चरणमा

Author Image
बिहिवार, भदौ ९, २०७३

फिदिम।

22052016070144power-house

पाँचथरमा निर्माणाधीन १४ दशमलव ९ मेगावाट क्षमताको ‘हेवा ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम ९९ प्रतिशत पूरा भएको जनाएको छ । निर्माण शुरू भएको ५ वर्षपछि आयोजना परीक्षण प्रसारणको चरणमा पुगेको कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले बताए ।

आयोजनाबाट यही भदौ १५ गतेदेखि परीक्षणका रूपमा बिजुली उत्पादन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

सानिमा बैंकको नेतृत्वमा ११ वटा बैंकले लगानी गरेको आयोजनाको कुल लागत २ अर्ब १६ करोड रुपैयाँ अनुमान गरिए पनि नाकाबन्दी, स्थानीयको अवरोधलगायत कारणले समय र लागत बढेको आयोजनाले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर