Aamsanchar

नशालु पदार्थ खुवाएर भारतमा नेपाली लुटिए

Author Image
बिहिवार, भदौ ९, २०७३

lutera

कञ्चनपुर ।

रोजगारी गरी घर फर्किने क्रममा भारतको खटिमामा आज दाङ घर भएका एकजना नेपाली लुटिएका छन् ।

भारतको चण्डीगढबाट घरतिर फर्किने क्रममा हरिद्वार क्षेत्रमा नेपालीजस्तै देखिने युवाले नशालु पदार्थ सुँघाएर लुटपाट गरेपछि दाङको काभ्रे गाविस मुलाबारीका मीनबहादुर राना खटिमाको मेलाघाट क्षेत्रमा अलपत्र अवस्थामा फेला परेका हुन् ।

मेलाघाट क्षेत्रमा अलपत्र परेका रानालाई कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रहरी चौकी बाबाथानको टोलीले उद्धार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पु¥याएको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मीनबहादुर रानाबाट रु २५ हजार भारतीय रुपैयाँ नगद, दुईवटा मोबाइल सेट र घरपरिवारका लागि ल्याएको कपडा राखिएको झोला लुटिएकोे छ ।

चाडपर्वका बेला स्वदेश फर्किने नेपाली भारतीय र सीमा क्षेत्रमा लुटिने गरेकाले पर्याप्त सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर