Aamsanchar

इनरुवा र दुहवीमा रथयात्राको तयारी

Author Image
बिहिवार, भदौ ९, २०७३

इनरुवा ।

images

भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा निकालिने रथयात्राको तयारी पूरा भएको छ ।  कृष्णा जन्माष्टमीको अवसरमा तराई मधेसका गाउँमा विशेष पूजापाठ र मेलासमेत लाग्ने भएकाले यहाँ रौनक बढेको स्थानीयवासीले बताएका छन् । सदरमुकाम इनरुवा र दुहवीमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा निकालिने रथयात्राको तयारी पूरा भएको मेला समितिले जनाएको छ ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि इनरुवाको सत्यनारायण मन्दिर र दुहवीको राधाकृष्ण मन्दिरमा गरिने श्रीकृष्ण जन्माष्टमी पूजा तथा मेला महोत्सवको भव्यरुपमा मनाउने समितिले जनाएको छ ।

सुनसरीको इनरुवा र दुहबीमा रथयात्राको कार्यक्रम तथा भजनकीर्तन समारोह सञ्चालन गर्ने तथा प्रसाद वितरण र जन्माष्टमी महोत्सव गर्ने आयोजकले जनाएको छ । इनरुवा र दुहबीमा शुक्रबार भव्यतासँग रथयात्रा निकालिने तयारी भएको हो । इनरुवामा सत्यनारायण मन्दिरबाट सुरु भई बजार परिक्रमा गरी साँझ विसर्जन भई मेलामा परिणत हुने बताइएको छ ।

त्यसैगरी, दुहवीमा राधाकृष्ण मन्दिरबाट रथयात्रा निकाली दुहबी बजारको परिक्रमा गरिने आयोजकले जनाएको छ । इनरुवा र दुहबीमा रथयात्रा तान्नका लागि लाखौँ भक्तजन विभिन्न ठाउँबाट आउने गर्दछन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर