Aamsanchar

कर्मचारी नहुँदा सेवाग्राही मारमा

Author Image
बिहिवार, भदौ ९, २०७३

भोजपुर।

20160703104350-health-post

भोजपुरको पूर्वी श्यामशिला गाविसकोcकर्मचारी नहँुदा सेवाग्राही मारमा परेका छन् । ६ जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी कुलप्रसाद पराजुली मात्र रहेका छन् ।

कार्यालय प्रमुख मधु सुब्बा, अहेब सोजिना राई र अनमी ममता राई कार्यालयमा कहिल्यै नआउने गरेको श्यामशिलाका सामाजिक परिचालक लक्ष्मण कार्कीले बताउनुभयो ।

बाँकी तीनवटा दरबन्दी खाली रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयमा कर्मचारी नहुँदा सामान्य बिरामी पनि ४ घन्टाको बाटो धाएर सदरमुकाम भोजपुर आउन बाध्य भएको स्थानिय सङ्गीता तामाङले गुनासो गर्नुभयो ।

यसैबीच, श्यामशिलाकै दुईजना कर्मचारी भएको पशुसेवा केन्द्रमा पनि कार्यालय नखुल्दा सेवाग्राही मारमा परेका छन् । पशुसेवा केन्द्र प्रमुख कोयम अन्सारी र कार्यालय सहयोगी दिलान राई लामो समय कार्यालय नआउँदा सेवा प्रभावित भएको सामाजिक परिचालक कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)