Aamsanchar

दुई हजार १२० लिटर घरेलु मदिरा नष्ट

Author Image
बिहिवार, भदौ ९, २०७३

ललितपुर ।

02062016102038Local_Alchohal_Distroyed_03-1000x0

कार्यविनायक नगरपालिका–२ फूलबारी मार्गस्थित सयपत्रीटोलमा आज बिहान प्रहरीले दुई हजार १२० लिटर अवैधरुपले बनाइएको घरेलु मदिरा नष्ट गरेको छ ।

महानगरीय प्रहरी परिसरबाट गएको टोलीले घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत नियन्त्रणमा लिएर स्थानीयवासीको रोहबरमा नष्ट पारेको परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

मदिरा बनाउन प्रयोगमा ल्याइएका १५वटा ठूलो ड्रम र सातवटा सानो ड्रम सहित सिलाभर तथा प्लास्टिकको पनि नष्ट गरिएको जनाइएको छ ।

मदिरा बनाउनकै लागि राखिएका २० किलोग्राम चिनी तथा १० किलोग्राम चामलको कनिका बरामद गरिएको र मदिरा बनाउन संलग्न व्यक्तिको खोजी भइरहेको उहाँले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर