Aamsanchar

बालक मृत अवस्थामा फेला

Author Image
शुक्रवार, भदौ १०, २०७३

पाँचथर । जिल्लाको नाँगीन गाविस–६ स्थित पुलभञ्ज्याङमा एक बालक बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पुलभञ्ज्याङस्थित डायरीबजारमा डेरा गरी बस्दै आएका चन्द्रबहादुर विकका १२ वर्षीय छोरा मिलन विक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

स्थानीयवासीले मृत अवस्थामा देखेपछि अस्थायी प्रहरी चौकी नाँगिनमा खबर गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उनको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर