झापा ।
प्रेस काउन्सिल नेपालले शुक्रबार त्रिसुलीमा भएको बस दुर्घटनाको वीभत्स तस्वीर सम्प्रेषण नगर्न सञ्चार माध्यमको ध्यानाकर्षण गराएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिण्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले शुक्रबार विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका मानिसका लासका तस्वीर विभिन्न मिडियामा सम्प्रेषण भएकोप्रति ध्यानाकर्षण गराउदै त्यस्तोकार्य नगर्न भनिएको छ ।
वीभत्स तस्वीरले समाजमा नैरास्यता र सन्त्रास फैलनुका साथै पत्रकार आचारसंहिता २०६० (संसोधन२०६४) को दफा ४(९)को उल्लंघन हुने जनाइएको छ ।
‘वीभत्स तस्वीरहरु सम्प्रेषण नगर्न नगराउन सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपाल ध्यानाकर्षण गराउदछ’–काउन्सिलको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167