Aamsanchar

एकै जनाले गरे महिनामा ३ बालिकाको बलात्कारपछि हत्या

Author Image
शुक्रवार, भदौ १०, २०७३

balatkari

रौतहट।

एक महिनामा तीनजना बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा रौतहट प्रहरीले रौतहटको कटहरिया–१ हर्षाहाका २८ वर्षीय बालकिशोर चौरसियालाई पक्राउ गरेको छ ।

उनले रौतहटका छुट्टा–छुट्टै स्थानका चारदेखि ६ वर्षका तीन बालिकालाई बलात्कार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

रौतहटको मर्यादपुरकी ६ वर्षीया बालिका, सोही ठाउँकी अर्की ६ वर्षीया बालिका र गरुडाकी ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

चौरसिया यसअघि २०७१ पौस २३ गते १७ ओटा साइकल चोरी गरेको मुद्दामा डेढ वर्ष कारागार सजाय भोगिसकेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर