Aamsanchar

बाबुको किरिया बसेका छोराको मृत्यु

Author Image
शुक्रवार, भदौ १०, २०७३

बिर्तामोड ।

वुवाको दशगात्र कर्ममा रहेका झापा बुधवारेका एक व्यक्तिको उच्च रक्तचापका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा वुधवारे निवासी खगेन्द्र श्रेष्ठ रहेका छन् । उनको विहीवार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । दश दिन अघि वुवाको निधन भएपछि उनी वुवाको दशगात्र कर्ममा थिए ।
यातायात व्यवसायीसमेत रहेका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि घर फर्काउने क्रममा मृत्यु भएको बताइएको छ । श्रेष्ठका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर