Aamsanchar

विर्तामोडमा पहिलोपल्ट जुम्बा प्रर्दशनी

Author Image
शुक्रवार, भदौ १०, २०७३

झापा जिल्ला बडी विल्डिङ तथा फिटेनश संघको आयोजनामा शुक्रवार बिर्तामोडमा पहिलोपटक ‘जुम्बा फिटनेश पार्टी’ सम्पन्न भएको छ । संघका अध्यक्ष हरि धिमालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले गरेका थिए । कार्यक्रममा जुम्बाको महत्व र आवश्यकता बारे जानकारी गराउँदै जुम्बा प्रदर्शन गरिएको थियो ।

j1

काठमाण्डौ वाट आएका जुम्बा टोली नृत्य प्रस्तुत गर्दै 

 

संघका उपाध्यक्ष सञ्जु भारतीले स्वागत गरेको कार्यक्रममा उत्कृष्ट खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने खेलाडीहरुमा रामबहादुर दाहाल, तुल श्रेष्ठ, विकास धिमाल, सुरेश राजवंशी, छत्रबहादुर श्रेष्ठ, सीता राई रहेका छन् ।

j2

 जुम्बामा झुम्दै स्थानिय दर्शकहरु 

 

सो अवसरमा विकास धिमाल र तुल श्रेष्ठले बडी विल्डिङ कला प्रदर्शनी गरेका थिए । काठमाडौंबाट आएको जुम्बा टोलीले जुम्बा प्रदर्शन गरेको थियो । टोलीमा फिन स्मीथ तामाङ, जिन रेखा सुनुवार राई, कुसाङ लामा, मेनुका राई, आशा राई, योजना खनाल र रोमी खड्गी रहेका छन् । कार्यक्रमको संयोजन फूर्वा लामाले गरेका थिए ।

j3

मिस पूर्वआईकनका प्रशिक्षार्थीहरु जुम्बा नृत्य अभ्यास गर्दै

 कार्यक्रममा सहभागीले जिल्लामै पहिलोपटक कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । शारीरिक स्वास्थ्य र सुन्दरताका लागि जुम्बा आवश्यक र महत्वपूर्ण भएको वक्ताहरुको भनाइ थियो । उनीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र हरेक मानिस स्वास्थ्यप्रति सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन सचिव चुडामणी दाहालले गरेका थिए ।  

j4

समुहिक तस्वीरमा जुम्बा  टोली र आयोजक समूह

सब्द तस्वीर: विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर