काठमाडौँ।
पूर्व सांसद बालाराज कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ । कार्की २०४८ सालमा ओखलढुङ्गाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।
मेनेन्जाइटिस रोगबाट पीडित कार्कीका चार छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँको शवलाई श्रद्धाञ्जलिका लागि भोलि बिहान पशुपति आर्यघाट परिसरमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 222