Aamsanchar

मलेसियामा तीन जना नेपाली पक्राउ ,हड्ताल गरेको आरोप

Author Image
शनिवार, भदौ ११, २०७३

मलेसिया  ।

मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीना कार्यरत तीन जना नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा कम्पनीमा कार्यरत दोलखाका दिलबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा  बुटवलका अनिल  थापा,  प्युठानका  भिम पुन मगर र बाराका रामकिशोर हतिजन पक्राउ परेका हुन् । नेपालीका साथमा अन्य  पाँच जना पाकिस्तानी कामदारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

न्युनतम तलबको वृद्धी, होस्टलको सेवा सुविधा, स्वास्थ्य उपचार पाउनु पर्ने लगायत माग राखी गएको बुधबारदेखि कम्पनीमा कार्यरत सबै देशका कामदारले काम हड्ताल गरिरहेका छन्  ।

हड्तालको दोस्रो दिन कामदार र कम्पनी प्रशासन बिच छलफक भए पनि माग पूरा नभएकाले कामदार काममा फर्किएका छैैनन् ।

पक्राउ परेका नेपाली अहिले नेगरी सेम्बिलानको मान्तिङ प्रहरी चौकिको हिरासतमा छन् । आफूहरुका माग पूरा भए काममा फर्कने कामदरले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर