Aamsanchar

हतियार हराएपछि सैनिक पृतनामा आतंक

Author Image
शनिवार, भदौ ११, २०७३

nepali-sena1

डोटी ।

शुक्रबार दिउँसो २ बजे दिपायल सिलगढी नगरपलिका–७ का उत्तमा कठायत आत्तिदै आफन्त लिएर सुदूरपश्चि स्थित नेपाली सेनाको पृतना कार्यालय राजपुरमा पुगिन् ।

उत्तमाले नेपाली सेनाको पृतना कार्यालयमा कार्यरत हवल्दार श्रीमान गणेश कठायतलाई भेटन हतार हतार फलफुल लिएर गेटमा पुगिन् ।
गेटमा रहेका सुरक्षाकर्मीसँग आफ्ना श्रीमान भेटाई दिनका लागि आग्रह गरिन् । गेटमा डिउटीमा रहेका सुरक्षाकर्मीले गणेशको परिवार भेट्न आएको भन्दै भित्र कार्यालयमा जानकारी दिए ।
सेनाको सञ्चार सेटबाटै सैनिक अधिकारीले भने ‘आज भेटन मिल्दैन ४–५ दिन पछि मात्र भेटन मिल्छ । आज हुन्न भन्देउ’ भन्ने आदेश आएको सुरक्षाकर्मीलाई उद्धृत गर्दै गणेशका दाजु योगेन्द्र कठायतले भने ।

सैनिक ब्यारेकबाट हतियार हराए पछि नेपाली सेना भित्र चरम यातना दिने गरेको सुनेपछि गणेशकी श्रीमती उत्तमा श्रीमानको अबस्था जान्न पृतना कार्यालय पुगेकी थिईन् ।
उत्तमाले भनिन् ‘बाहिर अनेक खाले हल्ला आएका छन्, मेरो श्रीमान भाद्र १८ गते घरबाट ब्यारेकमा आउनु भएको हो । २१ गते एक पटक फोन गर्नु भयो त्यस पछि सम्पर्क बाहिर हुनुहुन्छ भेट्न पाउँ भन्दा पनि सेनाले भेट्न दिएन ।’ अथक प्रयास गर्दा पनि श्रीमान भेट्न नपाएर निराश बनेकी उत्तमाले भनिन् ‘कुरा गर्न नदिए पनि टाढाबाट हेर्न दिनुहोस्, सकिन्छ भने यहाँहरु कै फोनबाट कुरा गराई दिनुहोस् भन्दा पनि मानेनन् । मेरो श्रीमानको अबस्था जे भए पनि जानकारी पाउन पर्यो ।’

उत्तमासंगै ब्यारेक पुगेका दाजु योगेन्द्र कठायतले भने ‘भेट्न पाउँ भनेर लिखित निबेदन लिएर पृतनामा पुगेका थियौं । हामीले सम्बोधन गरुड दल गण भनेर उल्लेख गरेका थियौं । सेनाले पत्र लिन मानेन भोलि पृतनापतिलाई सम्बोधन गरेर पत्र भेट्न पाउँ भन्दै पत्र लेख्छौं ।’

उत्तमा मात्रै होइन दार्चुला, बैतडी र अछामबाट आएका आफन्त कसैलाई पनि सेनाले भेट्न दिएको छैन । टाढाबाट आएका मान्छेहरु कोही राजपुर मै आफ्न्तका बसेर भित्रको अबस्थाबारे बुझ्दैछन भने कतिपय निराश भएर घर फर्केका छन । उनीहरुको साझा भनाई छ ‘बाहिर धेरै खाले हल्ला आएका हामीले टाढैबाट देख्न पाए पनि सन्तुष्ट हुने थियौं । अनुन्धान प्रभावित नपार्नेगरी भेट्न चाहन्छौं । सेना त्यो कुरा मान्न तयार छैन ।’
सैनिकहरुलाई आफ्न्तलाई भेटन दिने गरेको नेपाली सेनाका प्रबक्ता तारा बहादुर कार्कीले बताए । कार्की भने ‘ सैनिकका परिवारलाई भेट्न मिल्छ, अनुसन्धान प्रक्रियामा भएका कारण कुन समयमा भेट्ने कुन समयमा नभेट्ने भन्ने हुन्छ । अनुसन्धान सकिए लगत्तै भेट्न पाईन्छ । अनुसन्धानमा रहेका सबै ब्यक्तिहरु सुरक्षित छन् । बाहिर आएका हल्ला गलत हुन ।’

यातनाको आरोप
गएको बिहिबार सुदूरपश्चिम भित्र रहेको सैनिक ब्यारेक भित्र एम सिस्टीनले आफ्नै कन्चटमा गोली हानी आत्महत्या गर्ने हवल्दार दिपक खड्काको पुठ्ठामा कुटपिट गरेको निलडाम रहेको परिवारले जनाएको छ ।
दीपकका दाजु राजबहादुरले भने ‘टाउकामा हानेको गोलीको निशान हेर्दा त्यो आफैले पनि हानेको हुनसक्छ,’ खड्काले भने, ‘तर, पछाडि त निकै ठूला निलडाम छन् । ती लठ्ठीले कैयौपल्ट हानेका हुन् । त्यत्तिकै त्यस्तो हुदैन् ।’ उनले दीपकले आत्महत्या गरेकै भएपनि कडा यातना सहन नसकेर गरेको हुनसक्ने बताए ।

गत साउन २३ गते पृतना हेडक्वार्टरमा रहेको गरुणदल गणबाट एक थान एसएमजी, त्यसमा लाग्ने दुई थान लोडेड म्याग्जीन र दुई सय राउण्ड बढी गोली गायब भएका थिए ।
त्यसमा सेना बृत्तमा ब्यापक खैलाबैला मच्चिएको छ । त्यसै घटनापछि पृतनामा रहेका हवाई सुरक्षा ब्याट्री र गरुण दलमा कार्यरत सैनिक कर्मचारीहरुमाथि अनुसन्धान भैरहेको बुझिएको रातोपाटीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर