Aamsanchar

सामाजिक परिचालक माथि निर्घात कुटपिट

Author Image
शनिवार, भदौ ११, २०७३

भत्ता नपाएपछि संयोजकले कुटे

प्युठान ।

वडा नागरिक मञ्च व्यवस्थापनका लागि जिविसले दिएको भत्ता आफूलाई नदिएको भन्दै एक जना गाविसका सामाजिक परिचालकलाई वडा नागरिक मञ्चका संयोजकले निर्घात कुटपिट गरेका छन् ।

खवाङ–६ मा सोही वडाका संयोजक उदवीर बुढाले गाविसका सामाजिक परिचालक अमृत खत्रीलाई निर्घात कुटपिट गरेका हुन् । कुटपिटपछि सामाजिक परिचालक खत्री उपचारसँगै सुरक्षाको माग गर्दै इप्रका बहानेमा आएका छन् ।

वडा नागरिक मञ्चको पुनः गठनका लागि शुक्रवार भएको संयुक्त भेलामै संयोजक बुढाले सो भत्ता आफूलाई नदिएको भन्दै खत्रीलाई कुटपिट गरेका हुन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) अन्तर्गत जिविसले सबै गाविसमा प्रतिवडा रु छ हजारका दरले वडा नागरिक मञ्च व्यवस्थापनका लागि भत्ता दिँदै आएको छ । सोही भत्ता वडा नागरिक मञ्चका संयोजकले आफू पाउनुपर्ने दाबी गर्दै आएका थिए । तर जिविस तथा गाविसले भत्ता संयोजकका लागि नभइ फोटोकपी, बैठक व्यवस्थापन र खाजाका लागि भएको भन्दै सोहि अनुसार खर्च गर्न निर्देशन दिएको थियो ।

वडा नागरिक मञ्चका संयोजकबाटै सामाजिक परिचालक कुटपिट भएपछि गाविसका अन्य कर्मचारिले पनि आफूहरुले गाविसमा बसेर काम गर्न नसक्ने भन्दै सुरक्षाको माग गरेका छन ।

वडा नागरिक मञ्चका संयोजक बुढाले वडा नागरिक मञ्चको व्यवस्थापनका लािग भत्ता बर्सेनि खर्च नहुने तर सामाजिक परिचालकले आफैं राख्ने गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)