Aamsanchar

स्वास्थ्य मन्त्रीद्वारा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण

Author Image
शनिवार, भदौ ११, २०७३

gagan thapa

काठमाडौँ ।

स्वास्थ्यमन्त्री गगन थापाले आज ‘जनता क्लिनिक’ मा जनतासँगै आफ्नो स्वास्थ्य परीक्षण गराउनुभएको छ ।

आफ्नो संसदीय निर्वाचन क्षेत्रमा स्थापना गरेको कार्यालयले आज यहाँ आयोजना गरेको क्लिनिकमा उहाँले स्वास्थ्य परीक्षण गराउनुभएको हो । मन्त्री थापा काठमाडौँं क्षेत्र नम्बर– ४ वाट संसद्मा निवार्चित हुनुभएको हो ।

मन्त्री थापाकै अवधारणामा तीन महिनाअघि क्लिनिक सुरु भएको थियो । कार्यालयका प्रमुख रोहित पौडेलले भन्नुभयो,‘‘ हरेक महिनाको पहिलो शनिबार क्लिनिक सञ्चालन हुने गरेको छ । तर यसपल्ट प्राविधिक कारणले पछि सरेको हो ।’’

बूढानिलकण्ठस्थित श्री जयभद्रकाली प्राथमिक विद्यालयमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको क्लिनिकमा ७६ जना वयस्क र ८७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर