Aamsanchar

भारतीय पर्यटक आउने क्रम बढ्यो

Author Image
आइतवार, भदौ १२, २०७३

 

पथरी । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ ।

मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् ।

मोरङका पर्यटन व्यवसायी पुण्य भट्टराईका अनुसार साउनयता भारतीय पर्यटकको सङ्ख्या अत्यधिक बढेको छ । उहाँका अनुसार दुई दिनअघि मात्रै ६३ जनाको एउटै टोली आएको थियो । २ वटा रिजर्भ गाडीमा आएका उनीहरु विराटनगरलाई केन्द्र बनाएर भेडेटार र नमस्ते झरना घुमेर फर्किएका थिए ।
गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्प र त्यसपछि लगत्तै सुरु भएको मधेस आन्दोलन र नाकाबन्दीका कारण पूर्वमा पर्यटन व्यवसाय सुस्ताएको थियो ।

मधेस आन्दोलन मत्थर भएसँगै पूर्वमा पर्यटकको चहलपहल बढेको थियो । गत वर्ष गएको भूकम्पको गलत प्रचार हुँदा लामो समयसम्म भारतीय पर्यटक आएनन् । जसका कारण पूर्वका पर्यटन व्यवसायीले मात्रै करिब ५ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको पूर्वाञ्चल क्षेत्रीय होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश भट्टराईको भनाइ छ ।

गत वैशाखयता दैनिक एक हजारभन्दा बढी भारतीय पर्यटक जोगबनी नाकाबाट भित्रिने गरेको व्यवसायीको अनुमान छ । नाकामा पर्यटक आवागमनको तथ्याङ्क राख्ने निकाय छैन । यो क्षेत्रका पर्यटन व्यवसायीले लामो समयदेखि रानी भन्सार नाकामा अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन् ।

भारतमा मदिराको बिक्री वितरणमा रोक लगाएपछि झनै भारतीय पर्यटक आउने क्रम बढेको पर्यटन व्यवसायीको भनाइ छ । पूर्वमा पर्यटनको सम्भावना देखेर भट्टराईले हालै रु २५ करोड लगानीमा होटल एसियाटिक सञ्चालनमा ल्याउनुभएको थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर