Aamsanchar

पूर्वमन्त्री खपाङ्गीको निधन

Author Image
आइतवार, भदौ १२, २०७३

Goreकाठमाडौँ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको(मगर) शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ ।

२०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा उपचार गरी उहाँ घर फर्कनुभएको थियो । शनिबार राति उहाँको श्वासप्रश्वासमा समस्या भएपछि १०ः१५ बजे अस्पताल पु¥याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको उहाँका ज्वाइँ चन्द्रबहादुर थापा मगरले राससलाई जानकारी दिनुभयो ।

२०५९ असोज १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विघटन गरी लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वमा गठन गरेको सरकारमा उहाँ महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो ।

खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव र नेपाल मगर सङ्घको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टिका विषयमा मगर सङ्घको बैठक बसी निर्णय गर्ने तयारी गरिएको उहाँका ज्वाइँ थापामगरले बताउनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर