Aamsanchar

जङ्गली च्याउ खाँदा तीन बिरामी

Author Image
आइतवार, भदौ १२, २०७३

उर्लाबारी । मोरङको कोसी–हरैँचामा जङ्गली च्याउ खाँदा शनिबार साँझ एकै परिवारका तीनजना बिरामी परेका छन् ।

जङ्गलबाट टिपेर ल्याएको च्याउ साँझको खानामा पकाएर खाँदा कोसी–हरैँचा नगरपालिका–११ बस्ने ४० वर्षीय दशन खाँ, उनकी पत्नी उषादेवी खाँ र छोरी अन्जली खाँ बिरामी परेका हुन् ।

बिरामी परेका तीनै जनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइहेको छ । रासस

Views: 152

प्रतिक्रिया (०)