Aamsanchar

भीमालाई रबिन स्मृति पुरस्कार

Author Image
आइतवार, भदौ १२, २०७३

bhima siwakoti copy

बिर्तामोड ।
रेडियो सनराईज द्धारा स्थापित रबिन स्मृती पत्रकारीता पुरस्कार यस वर्ष कंचनजंघा एफ एम कि समाचार बाचिका भिमा सिवाकोटिलाई प्रदान गरिने भएको छ ।
एघार हजार रुपैया राशी भएको सो पुरस्कार मंगलवार एक कार्यक्रमका बिच शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरिएको एफ एमका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

२०६९ शालमा २३ वर्षको उमेरमा अल्पायुमै निधन भएका रेडियो सनराईजका प्राबिधिक रबिन शिवाकोटीको स्मृतिमा चार वर्ष अघि सो पुरस्कारको स्थापना गरिएको थियो ।
सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले आदर्श ब्याङकेटमा सो पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको छ । यस अघि रविन स्मृति पत्रकारिता परस्कारबाट विष्णु खरेल र सुरेन्द्र भण्डारी पुरस्कृत भईसक्नुभएको छ । पुरस्कार बितरणको अवसरमा तिज मिलन कार्यक्रमको पनि आयोजना गरिने भएको छ । गायिका कोमल ओली लगायतका कलाकरको प्रस्तुती रहने कार्यक्रममा दर समेत खुवाईने अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर